एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
सारांश
- काठमाडौ ।
- एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने आफना ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू।
- १० लाखको दरले कुल रू।
काठमाडौ । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने आफना ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू। १० लाखको दरले कुल रू। ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा KMC Ambassador बचत खाता खोलेका स्व। शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व। टंक प्रसाद घिमिरेको श्रीमती डिली मैया घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व। ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन ।
निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
प्रतिक्रिया