यसकारण राजपाल यादवले दाेस्राे विवाह गरे

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
यसकारण राजपाल यादवले दाेस्राे विवाह गरे

सारांश

  • एजेन्सी।
  • कमेडियन राजपाल यादव ४८ वर्षका भएका छन्।
  • यूपीको शाहजहाँपुरमा जन्मिएका राजपालले धेरै फिल्मका अभिनय गरेका छन्।
एजेन्सी। कमेडियन राजपाल यादव ४८ वर्षका भएका छन्। यूपीको शाहजहाँपुरमा जन्मिएका राजपालले धेरै फिल्मका अभिनय गरेका छन्। केही समय अगाडि उनको पछिल्लो फिल्म ‘टोटल धमाल’ रिलीज भएको छ। 
राजपालको जीवनको कुरा गर्ने हो भने  उनको बाल्यकाल निकै गरिवीमा बित्यो। उनका बवा नौरंग यादव किसान थिए। उनी खेती गरेर आफ्ना ६ सन्तानको पालन पोषण गर्थे।
अध्ययनमा तिक्ष्ण नभएका कारण स्कुलमा राजपालले  निकै पिटाइ पनि खाए। तर राजपालले इन्टर पास गरेर एउटा फ्याक्ट्रीमा टेलरिङको काम सुरु गरे। तर उनलाई अभिनयको दुनियामा आफ्नो करियर बनाउनु थियो। त्यसकारण उनले आफ्नो जागिर छोडे। उनले नाटकमा काम गर्न थाले। त्यसपछि उनले फिल्ममा अभिनय गर्न निकै लामो र कठिन यात्रा तय गर्नुपर्यो। 
राजपालले एक अन्तवार्तामा भनेका थिए, ‘पढेर ठूलो मानिस हुन्छ भनेर मेरो बुवाले मलाइ गाउँको स्कुलबाट निकालेर शहरको स्कुलमा भर्ना गराउनु भएको थियो। शहरको स्कुलमा ट्रकबाट आउने जाने गर्थेँ। एक पटक गाडी छुटेछ, अनि मैले ६५ किलोमटिर साइकल चलाएर घर पुगेको छु।’
राजपालले इन्टर पास गरेपछि १९८९ देखि १९९१ सम्म क्लाथ फ्याक्ट्रीमा टेलरिङको काम गरेका थिए। तर अभियन गर्ने आफ्नो इच्छा पूरा गर्नकालागि १९९४ मा लखनउ युनिभर्सिटीबाट ग्र्याजुएशन गरे। र, एनएसडीमा भर्ना भए। 
यो क्रममा उनले एउटा नाटकमा काम गर्ने मौका पाए।  नाटकमा काम गरे बापत ३३०० सय रुपैयाँ पाएका थिए। तर, सिनियरले २२०० रुपैयाँ आफूले लिएर राजपाललाई ११०० साय मात्र दिए।
राजपालका अनुसार एनएसडीमा अध्ययनका क्रममा उनलाई २० हजार रुपैयाँको जागिरको अफर आएको थियो। तर फिल्ममा काम गर्ने इच्छाका कारण उनले उक्त अफरलाई अस्वीकार गरेका थिए। 
कसैगरी उनी दिल्लीबाट मुम्बई गए। किनै हण्डर र ठक्कर खाएपछि उनले एउटा सिरियलमा काम गर्ने अवसर पाए। उनलाई एक एपिसोडको एक हजार रुपैयाँ दिइएको थियो।  १९९९ मा रिलीज भएको फिल्म ‘मस्त’ र ‘शूल’ मा सानो भूमिका निर्वाह गरे। २००० मा आएको फिल्म जंगलमा आतंकवादीको भूमिका निर्वाह गरे। उक्त भूमिकाले उनलाई पहिचान बन्यो। त्यसपछि उनी निरन्तर फिल्ममा नै सक्रिय भए।
राजपाल र राधा दुई छोरीका अभिभावक हुन्। उता राजपालकी पहिली छोरी पहिलो पत्नी करुणाबाट जन्मिएकी थिइन्।  जसको नाम ज्योति हो। ज्योतिको जन्म हुँदा नै उनको आमाको निधन भयो। १९ नोभेम्बर २०१७ मा राजपालले छोरी ज्योतिको विवाह पैतृक गाउँ कुण्डरालमा एक जना बैंकरसँग गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै
सुशील कोइराला क्यान्सर अस्पताल शुरु हुँदै
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
कांग्रेसले रामचन्द्र पौडेलको ‘नेता’ हैसियत अब कसलाई देला?
कांग्रेसले रामचन्द्र पौडेलको ‘नेता’ हैसियत अब कसलाई देला?
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ