१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे

सारांश

  • काठमाडौं ।
  • १५ वर्षीया बालिकालाई बलात्कार गरेका कास्कीका अभियुक्त ४९ वर्षीय सुदनबहादुर कोइरालालाई जेल चलान गरिएको छ ।
  • काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कोइरालालाई जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो ।

काठमाडौं । १५ वर्षीया बालिकालाई बलात्कार गरेका कास्कीका अभियुक्त ४९ वर्षीय सुदनबहादुर कोइरालालाई जेल चलान गरिएको छ

काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कोइरालालाई जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो ।

गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरी मदिराले मातिएको अवस्थामा कोइरालाले उनलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो ।
उनलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

त्यस्तै, ती नाबालिगलाई एलओडीमा प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल हाजिरी जमानीमा छुटेका छन् । उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको स्रोतले जनाएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?