यी प्रदेशमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०८१
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी: मन्त्री पण्डित
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण
काठमाडौँ–केरुङ रेलमार्ग:  द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
काठमाडौँ–केरुङ रेलमार्ग: द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!