कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

सारांश

  • खोटाङ ।
  • धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ ।

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ ।

विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको रु ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको रु ४२ लाख बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित रु ५६ लाखको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गरेको थियो ।

धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए। नियमित भजनकीर्तनका साथै भगवतीको दर्शन र स्थानीय ऐतिहासिक तथा पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामका लागि धर्मशाला निर्माण सुरु गरिएको हो । मझुवागढीमा बात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । पानीका लागि सहरी विकास मन्त्रालयबाट २०७२ सालमा विनियोजित रु एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पूरा हुने उक्त समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको किरातको ऐतिहासिकस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर फूलैफूलको पहाड बनाउने अभियान थालिएको हो ।

उक्त अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, सल्ला, जाइ, कपुर, पुवाले मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत ५०० बिरुवा रोपिएको थियो । मझुवागढीलाई फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार पारेर साझा सपना पूरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई फूलैफूलको पहाड बनाउने योजना छ । मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी योजना बनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीमा विसं १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ ।

त्यस्तै गढीकोबीच भागमा मौली छ । रणवीर राजाका रैतीहरुले दसैँ मान्न ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भनिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ । मझुवागढीको केही तल भगवती मन्दिर छ । उक्त मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका९तिज०लगायत चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० वर्षपछिको कम्युनिष्ट पार्टीको घोषणापत्र यस्तो छ…
७० वर्षपछिको कम्युनिष्ट पार्टीको घोषणापत्र यस्तो छ…
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा
चलचित्र ‘मारुनी’ को टीम नेपाल टूरमा
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला

तपाईंले छुटाउनुभयो कि?