चलचित्र ‘प्रेम गीत–३’ को रिलिज मिति तोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चलचित्र ‘प्रेम गीत–३’ को रिलिज मिति तोकियो

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ ।
  • फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे ।

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे । नयाँ वर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले सयुंक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । निर्माता सन्तोष सेनका अनुसार यो फिल्मको छायांकनको लोकेशन र पनि फाइनल भइसकेको बताइएको छ । फिल्मबारे थप जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइनेछ ।

यसअघि सोही नामका दुई फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ व्यावसायिक रुपमा सफल भएका थिए । दुवै चलचित्रमा प्रदीप खड्का मुख्य अभिनेतामा थिए भने ‘प्रेम गीत’ मा प्रदीपको जोडी पूजा शर्मासँग थियो । यस्तै ‘प्रेम गीत २’ मा प्रदीपले अश्लेषा ठकुरीसँग रोमान्स गरेका थिए । ‘प्रेम गीत ३’ मा प्रदीप खड्का दोहोरिने पक्का भए पनि निर्माण टिमले आधिकारिक घोषणा गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?