विदेशमा बलात्कृत भएका युवतीलाई नेपालमा बज्रपात

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विदेशमा बलात्कृत भएका युवतीलाई नेपालमा बज्रपात

सारांश

  • धेरै पैसा कमाउने लोभमा विदेश खासगरी खाडी मुलक पुगेका युवतीहरुले निकै सास्ती समेत भोगिरहेका छन् ।
  • पैसा कमाउने सपनामा त्यहाँ पुगेकी एक पात्र हुन् ३२ वर्षीय गीता(नाम परिवर्तन) ।
  • एक वर्ष अघि उनी जोर्डन पुगेकी थिइन् ।

धेरै पैसा कमाउने लोभमा विदेश खासगरी खाडी मुलक पुगेका युवतीहरुले निकै सास्ती समेत भोगिरहेका छन् । पैसा कमाउने सपनामा त्यहाँ पुगेकी एक पात्र हुन् ३२ वर्षीय गीता(नाम परिवर्तन) । एक वर्ष अघि उनी जोर्डन पुगेकी थिइन् । गीतका पतिले नै उनलाई परिवारमा सुख आउँछ भनेर जोर्डन जान हौसला दिएका थिए । दुई सन्तानकी आमा उनी परिवारमा सुख ल्याउने भन्दै दुख गर्न जोर्डन गइन् ।

तर जोर्डनमा उनीमाथि एउटा बज्रपात भयो । एकदिन कामबाट फर्किदै उनी बलात्कृत भइन् । उनले आफु बलात्कृत भएको कुरा श्रीमानलाई सुनाइन् । श्रीमानले सहानुभूति देखाउँदै घर फर्किन भने ।

उनी नेपाल फर्किए पछि भने श्रीमानको व्यवहार फरक भयो । सहानुभुति दिदै घर बोलाउने श्रीमानले नै उनीमाथि अर्काको गर्भ बोकेको भन्दै घरबाट निकालि दिए । पतिको साथ र सहयोग पाउने आशामा आएकी गीता अन्तत बेहाल अवस्थामा पुगिन् ।

यो एउटा प्रतिनिधि घटना मात्रै हो । गीताजस्तै रोजगारीका लागि खाडी मुलुक पुगेका धेरै महिलाले यस्तै नियति भोग्नु परेको छ । गीताजस्तै अरु धेरै पनि महिला घरबाट निकालिएका वा बहिस्कृत भएका छन् ।

पूर्वी नेपालको एउटा गाउँबाट वैदैशिक रोजगारीका लागि गएकी अर्की महिला झन्डै चार वर्षअघि बलात्कारपछि धारण गरेको गर्भ लिएर फर्किन् । उनलाई पनि परिवारले तिरस्कार गरे पछि शक्ति समूहको आश्रयमा बसेकी उनले अस्पतालमा बच्चा जन्माइन । उनको बच्चालाई अर्कैलाई पाल्न दिइयो । शक्ति समूहमा आवद्धद्ध अधिकारकर्मी मीरा भट्टराईका अनुसार उनको बच्चा पढिरहेको छ । त्यस्तै उनले पनि अहिले अर्को विवाह गरेकी छिन् ।

हिंसाबाट पीडित महिला तथा मानव बेचविखनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था माइती नेपालका अनुसार यस्ता घटना अन्य हिंसाका घटनाका भन्दा थोरै मात्र बाहिर आउने भए पनि यो अत्यन्तै हृदयविदारक अवस्थामा छ ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?