२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका

सारांश

  • सुर्खेत।
  • बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन्।
  • नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन्।

सुर्खेत। बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन्। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए। नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ। जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन्। “हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ”, प्रहरी निरीक्षक सिजापतिले भने।

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन्। प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?