मन बहलाउने प्रेमपार्क चाहियो हजूर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मन बहलाउने प्रेमपार्क चाहियो हजूर !

सारांश

  • अब समाज बदलिन थालेको छ ।
  • शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ ।
  • पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो ।

अब समाज बदलिन थालेको छ । शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ । पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो । साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम ! काम ! अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन ।

प्रेमपार्क बनाउनुपर्ने कुरा धेरै अघिदेखि नै नउठेको पनि हैन, तर प्रेमलाई मान्छेहरू संकीर्ण रूपमा लिन्छन् । प्रेम गर्दैमा र प्रेमपे्रमिका सँगसगै भेट्दैमा विकृति बढ्छ भन्ने हाम्रो रुढिवादी सोचाइ छ । कतिपय स्थानमा त राज्यका संयन्त्रले नै स्वच्छ प्रेम गर्ने प्रेमप्रेमिकालाई नै दुःख दिने गरेको पाइन्छ तर प्रेमबिना संसार चल्दै चल्दैन भन्ने कुरा दुनियाँलाई थाहा छ ।

केही दिनअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को एउटा छलफलमा उठेको प्रसङ्ग सुन्दा अचम्म र सामान्य जस्तो लाग्छ तर त्यस प्रसङ्गभित्र गम्भीर मानव मनोविज्ञान लुकेको थाहा पाउन सकिन्छ । उक्त वडाको आर्थिक वर्ष २०७४-०७५ को बजेट समीक्षा, शान्ति, सुरक्षा, विकास निर्माण तथा सेवा प्रवाहीकरण सम्बन्धमा छलफल गर्न आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयबासीले खुलेर वडाध्यक्षसँग भने–मन बहलाउने पार्क चाहियो हजूर !’ प्रेमपार्क नै नभनिएको भए पनि यसको संकेत अलिकति त्यता पनि थियो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?