चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

सारांश

  • भक्तपुर, १५ जेठ ।
  • चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
  • एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी मत प्राप्त गरी विजयी हुनुभएको छ ।

वडा नं ७ मा एक वडा सदस्यबाहेक सबै नेपाली काँग्रेसको समूह विजयी भएको छ । जसमा वडाध्यक्षमा ज्ञानबहादुर केसीले एक हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछाने, काँग्रेसका उम्मेदवारहरु दलित महिला सदस्य मनिता नेपाली, सदस्यहरु शम्भु श्रेष्ठ र रमेश लामा मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नगर प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट उम्मेदवार हुनुभएको सोम मिश्रले छ हजार ७२ मत र उपप्रमुख बिना बास्तोलाले छ हजार ४५३ मतले अग्रता लिएको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले पाँच हजार ८३९ मत र उपप्रमुख सरु बानियाँले छ हजार ३०२ मतले पछ्याउनुभएको छ ।

यस नगरपालिकामा नेमकिपाका तर्फबाट प्रमुख पदका उम्मेदवार रहनुभएका न्हुछे फोजूले तीन हजार २१४ मत र उपप्रमुख रीता काफ्लेले दुई हजार ६८६, राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले तीन हजार ६४०, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले तीन हजार २२६ मत ल्याएर पछ्याई रहनुभएको छ ।

मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४ र ६ मा एमालेको समूह विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
३३ किलाे सुन प्रकरण: समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
बालिका १२ दिनदेखि बेपत्ता
बालिका १२ दिनदेखि बेपत्ता
मेक्सिकोः सानो गल्तीबाट ठूलो क्षति,८५ जनाको मृत्यु
मेक्सिकोः सानो गल्तीबाट ठूलो क्षति,८५ जनाको मृत्यु
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !