मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

सारांश

  • काठमाडौं ।
  • आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।
  • सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए ।

यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए ।

उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

मलेसियाका सयेद अजिजले ४६ रन बनाएपनि अन्यले उल्लेखनीय रन बनाउन सकेनन् । उसका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये ४ जनाले खाता खोल्नै सकेनन् ।

न्युजिल्याण्डमा हुने आइसीसी यू-१९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् । अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ ।

नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए
मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
विमानस्थलबाट तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ !
विमानस्थलबाट तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ !
सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक
सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता

तपाईंले छुटाउनुभयो कि?