टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
टेलिकमको भोजमा ब्ल्याक लेबल फालाफाल

सारांश

  • काठमाडौ ।
  • गत बुधबार नेपाल टलिकमको बार्षीक उत्सव कार्यक्रम थियो ।
  • टेलिकमको भद्रकालीस्थित केन्द्रिय कार्यलयमा सम्पन्न त्यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटाले कर्मचारीहरुलाई भन्न नभन्नु गालीको खातिर चलाए ।

काठमाडौ । गत बुधबार नेपाल टलिकमको बार्षीक उत्सव कार्यक्रम थियो । टेलिकमको भद्रकालीस्थित केन्द्रिय कार्यलयमा सम्पन्न त्यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटाले कर्मचारीहरुलाई भन्न नभन्नु गालीको खातिर चलाए । उनले कतिसम्म भने , कर्मचारीलाई ब्याट्री चोर सम्म भन्न भ्याए । हुन त नेपाल टेलिकममा खपत हुने ब्याट्रिहरुको पनि हेराफेरी हुने र रातारात कवाडीलाई बिक्रि गर्ने गरिन्थ्यो । यस्तो काम गरेवापत टेलिकमका केही कर्मचारीहरु हाल अख्तियार अनुसन्धान आयोगको कारबाहीका पनि परिरहेका छन् ।

गत वर्षको वार्षिक कार्यक्रममा पनि मन्त्री बास्कोटाले कडा निर्देशन दिएका थिए । त्यो निर्देशन भनेको वार्षिक उत्सवको उपलक्ष्यमा कुनै भोजभतेर गरेर संस्थाको रकम उडाउने होइन, भोजभतेर गरेमा कारबाहीको भागीदार हुनुपर्ने छ भन्दै कडा चेतावनी दिएका थिए । मन्त्रीको चेतावनी अनुसार गतवर्ष त्यस्तो कुने भोजभतेर चलेन तर यसवर्ष मन्त्रीको त्यो कडा निर्देशन युर्टन हुँदै भोजभतेर मात्र होइन ब्ल्याक लेबल ह्वीस्कीसम्मको व्यवस्था गरियो । कालीकाटीको सोल्टी होटलमा बुधबार साझ गरिएको भोजको निम्ती टेलिकमले दुई करोड रुपैयाँ छुट्याईएको थियो ।त्यहाँ आयोजना गरेको रात्रीभोजमा प्रति प्लेट १९५० रुपैयाँको मुल्इ तय गरिएको थियो ।टेलिकमको जम्बो सख्यामा उपस्थित भएका कर्मचारीहरुले खानेमात्र होइन पिउने कुराको पनि प्रचुर मात्रामा व्यवस्था थियो । ब्ल्याक लेबलका मात्र दर्जनौ कार्टुन फोरिएका थिए ।(नेपाली पत्र)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?