मस्जिदमा आत्मघाती आक्रमण, १२ को मृत्यु, ३३ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मस्जिदमा आत्मघाती आक्रमण, १२ को मृत्यु, ३३ घाइते

सारांश

  • एजेन्सी ।
  • पाकिस्तानको एउटा मस्जिदमा आत्मघाती आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।
  • पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् ।

एजेन्सी । पाकिस्तानको एउटा मस्जिदमा आत्मघाती आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।
पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् ।

सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु गएका थिए । घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन् ।
सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन् । कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन् ।

तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?