महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
सारांश
- काठमाडौं, २८ बैशाख ।
- राष्ट्रिय जनमुक्ति पार्टीका ५ नम्बर प्रदेश परिचालन समितिका प्रमुख तथा केन्द्रीय उपाध्यक्ष हाजी डा.
- मोहमद हसन र रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौं, २८ बैशाख । राष्ट्रिय जनमुक्ति पार्टीका ५ नम्बर प्रदेश परिचालन समितिका प्रमुख तथा केन्द्रीय उपाध्यक्ष हाजी डा. मोहमद हसन र रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ । भ्रष्टाचार, तस्करी, कालोबजारी, महंगी र विदेशी हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरिरहेको बेलामा उनीहरुलाई पक्राउ गरिएको हो ।
महासचिव केशव सूर्यवंशीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाप्रति पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । “लोकतान्त्रिक एवं शान्तिपूर्ण ढंगले गरिएको कार्यक्रम असफल पार्न प्रहरी प्रशासन गिरफ्तारीको हदसम्म उत्रनु भनेको हदैसम्मको अप्रजातान्त्रिक र निन्दनीय कार्य भएकोले त्यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौं”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा गिरफ्तार पार्टी नेताहरुलाई तत्काल बिना शर्त रिहाई गर्न माग गरिएको छ । “यदि प्रहरी प्रशासनको यस ज्यादतिको कारणले कुनै अप्रिय घटना भएको खण्डमा त्यसको सम्पूर्ण जवाफदेही स्थानीय प्रहरी प्रशासन र नेपाल सरकार हुनेछ भन्नेतर्फ पनि खवरदारी गर्न चाहन्छौं”, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया