महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

सारांश

  • उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महाराष्ट्रमा नयाँ सरकार गठनको हलचल सुरु भएको छ ।
  • यसैबीच शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देले अहिलेसम्म भाजपासँग मन्त्री पदको विषयमा कुनै छलफल नभएको बताएका छन् ।
  • ठाकरेले बुधबार राजीनामा दिएपछि मन्त्री पदका लागि नामबारे अड्कलबाजी सुरु भएको थियो ।

उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महाराष्ट्रमा नयाँ सरकार गठनको हलचल सुरु भएको छ । यसैबीच शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देले अहिलेसम्म भाजपासँग मन्त्री पदको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

ठाकरेले बुधबार राजीनामा दिएपछि मन्त्री पदका लागि नामबारे अड्कलबाजी सुरु भएको थियो । अब एकनाथ शिन्देले मन्त्रीहरूको नामको सूचीमा विश्वास नगर्न भनेका छन् । एकनाथ शिन्देले ट्वीट गर्दै भने, “कसलाई मन्त्री बनाइन्छ र कसलाई कति मन्त्री दिने भन्ने विषयमा बीजेपीसँग कुनै छलफल भएको छैन। छिट्टै विचार गरिनेछ। त्यतिन्जेल मन्त्रीहरूको सूचीमा विश्वास नगर्नुहोस्।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?