महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी

सारांश

  • काठमाडौं, २९ साउन ।
  • नेपाल पत्रकार महासंघले केही सञ्चारमाध्यमहरुमा महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकको सन्दर्भमा आएका समाचारहरु सत्य नभएको स्पष्ट पारेको छ ।
  • महासंघले असत्य र भ्रमपूर्ण समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमहरुका विरुद्धमा प्रेस काउन्सिल नेपालमा उजुरीसमेत दर्ता गराएको छ ।

काठमाडौं, २९ साउन । नेपाल पत्रकार महासंघले केही सञ्चारमाध्यमहरुमा महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकको सन्दर्भमा आएका समाचारहरु सत्य नभएको स्पष्ट पारेको छ । महासंघले असत्य र भ्रमपूर्ण समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमहरुका विरुद्धमा प्रेस काउन्सिल नेपालमा उजुरीसमेत दर्ता गराएको छ ।

“नेपाल पत्रकार महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकका सम्बन्धमा केही सञ्चार माध्यममा आएका गलत समाचारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ”, महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महासंघको लुम्बिनी बैठकमा जाँदा अध्यक्षसहित केही पदाधिकारीले हेलिकोप्टर प्रयोग गरेको भनी केही सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दछ ।”

“महासंघको बैठक र निर्णयहरुका बारेमा समेत गलत र भ्रामक समाचार प्रकाशित भएकोमा महासंघ आधारहीन समाचारको खण्डन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “केही सञ्चारमाध्यममा महासंघका पदाधिकारीप्रति आक्षेप लगाउँदै सम्प्रेषित समाचारले महासंघ र पदाधिकारीको प्रतिष्ठामा आघात पुगेको छ ।” महासंघ आर्थिक मितव्ययिता र पारदर्शिताप्रति सधै प्रतिबद्घ रहेको उल्लेख गर्दै विज्ञप्तिमा कपोलकल्पित र भ्रामक समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारिएको छ ।

“सिंगो नेपाली पत्रकारिता जगतको छाता संस्थाप्रति तथ्यहीन आक्षेप लगाएर महासंघको गरिमामा आघात पु¥याउने काम कहिंकतैबाट नहोस् भनी सचेत गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ । महासंघ सबै पत्रकार र सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै प्रकाशित समाचारका विषयमा आचारसंहिता पालना भए÷नभएको प्रेस काउन्सिलबाट छानविन भई आवश्यक कारबाही हुनेमा महासंघ विश्वास राखेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच महासंघले नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको लुम्बिनीमा सम्पन्न बैठक सम्बन्धमा “हेलिकोप्टर चढेर पत्रकार नेता बैठकमा” भन्ने शीर्षकमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै महासंघका सदस्य तथा पदाधिकारीसँग कुनै सम्पर्क नै नगरी एकपक्षीय ढंगबाट समाचार सम्प्रेषण भएको र यसले पत्रकार आचारसंहिताको उल्लंघन गरेको भन्दै महासंघले संस्थागतरुपमै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको छ । बैठकमा छलफल भएको भन्दा फरक ढंगले समाचार प्रकाशित गरिएको र समाचारले महासंघको संस्थागत र पदाधिकारीको व्यक्तिगत इज्जत र प्रतिष्ठामा गम्भीर आघात पुगेकोले आवश्यक छानविन गरी नियमानुसार आवश्यक कारबाहीका लागि उजुरी दिइएको हो ।

तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले हिजै प्रेस काउन्सिल नेपालमा उजुरी दिइसकेका छन् । महासंघले पनि आज संस्थागतरुपमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको हो । स्मरणरहोस्, उक्त समाचार प्रकाशित गर्ने साँघु साप्ताहिकका प्रधान सम्पादक गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालकै सदस्य हुन् । नेपालभरिका सञ्चारमाध्यमहरुमा पत्रकार आचारसंहिताको पालना भए÷नभएको अनुगमन गर्ने र आचारसंहिताविपरीत देखिएमा सम्बन्धित पक्षलाई न्याय दिने अर्धन्यायिक निकायकै पदाधिकारी सम्पादक रहेको पत्रिकाको यस्तो हालत देखिनु उदेकलाग्दो विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?