बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
सारांश
- १० असोज, पोखरा ।
- पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् ।
- बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ ।
१० असोज, पोखरा ।पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् ।
बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया