महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा

सारांश

  • काठमाडौँ, ४ असोज ।
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
  • महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताउनुभयो ।

काठमाडौँ, ४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताउनुभयो ।

उहाँले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार महिला अधिकारलाई दृष्टिगत गरी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।अधिकारकर्मी चाँदनी जोशीले विभेदकारी परम्परागत अभ्यासलाई कानूनबाट नै प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिँदै पीडितलाई न्याय उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । अर्का अधिकारकर्मी बन्दना राणाले विभेद न्यूनीकरणका लागि निर्माण भएका ऐन, नियम र कानूनलाई सशक्तरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनीहरुलाई आर्थिक र सामाजिक सशक्तीकरणमा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रम आयोजक संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलामाथि हुने विभिन्न किसिमका विभेदको अन्त्य गर्नुपर्ने बताउँदै उनीहरुको अधिकार संरक्षणका लागि देशको सातै प्रदेशबाट सुझाव सङ्कलन गरी बनाइएको प्रतिवेदनका बारे जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य
मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
नेकपा सचिवालय वैठक अनिश्चितकालका लागि स्थगित
नेकपा सचिवालय वैठक अनिश्चितकालका लागि स्थगित
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
कसरी थाहा पाउने श्रीमती अर्कैसँग लागेकाे कुरा !
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक
एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?