पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

सारांश

  • काठमाडौँ।
  • महाशिवरात्रीका अवसरमा साेमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
  •   पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौँ। महाशिवरात्रीका अवसरमा साेमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। 
पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन्। साेमबार पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ। 
मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले  जानकारी दिए। 
ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए। दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ। 
दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताए। पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ। 
तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ। विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ। 
हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ। 
मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ। फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। 
पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ। 
महाशिवरात्रीको अवसरमा साेमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
मकवानपुरमा दुइजना खसी चोर पक्राउ
मकवानपुरमा दुइजना खसी चोर पक्राउ
नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
मुख्य प्रशिक्षक बर्खास्त गरे पछि जर्मनीको पहिलो जीत
मुख्य प्रशिक्षक बर्खास्त गरे पछि जर्मनीको पहिलो जीत
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने

तपाईंले छुटाउनुभयो कि?