मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने प्रचण्डको संकेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने प्रचण्डको संकेत

सारांश

  • काठमाडौं।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल नभएको बताएका छन्।
  • शुक्रबार सुदुरपश्चिममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिले नै मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल नभएको बताए।

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल नभएको बताएका छन्। शुक्रबार सुदुरपश्चिममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिले नै मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल नभएको बताए। ‘मन्त्रिपरिषद पुनर्गठनको प्रश्न मलाइ नसोधे पनि हुन्थ्यो जस्तो लाग्छ। यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो,’ प्रचण्डले भने, ‘अहिले नै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै छलफल भएको छैन। अस्ती प्रधानमन्त्री र मबीच छलफल हुँदा पनि प्रधानमन्त्रीले नै हामीले छलफल नै नगरेको कुरा मिडियामा कसरी आइरहेको छ भनेर सोध्नु भयो।’

प्रचण्डले प्रधानमन्त्रीले चाहेमात्र मन्त्रिपरिषद पुनर्गठन हुने बताए। दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको चर्चा चल्ने गरेको छ। तर प्रचण्डले भने अहिले त्यो विषयमा कुनै छलफल नै नभएको दाबी गरे। प्रचण्डले नयाँ सभामुख चयनका विषयमा पनि पार्टीभित्र छलफल नभएको बताए। कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएसँगै सभामुख पद रिक्त छ। अहिले सभामुख कसलाई बनाउने भन्ने विषयमा चर्चा सुरु भएको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एकै दलको हुन नहुने व्यवस्था अनुसार नेकपाले सभामुख आफैंसँग राख्न चाहेको छ।

फरक प्रसंगमा प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको बताए। उनले दुवै छिमेकी मुलुकसँग सरकारले राम्रो सम्बन्ध स्थापित गर्न सफल भएको टिप्पणी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?