पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !

सारांश

  • काठमाडौँ, ९ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पाेखरा पल्टनले विजयी शुरुअात गरेकाे छ ।
  • पहिलाे खेलमा विराटनगर टाइटनलाई ५८ रनले हराउँदै पाेखराले सुखद शुरुअात गरेकाे हाे ।

काठमाडौँ, ९ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पाेखरा पल्टनले विजयी शुरुअात गरेकाे छ । पहिलाे खेलमा विराटनगर टाइटनलाई ५८ रनले हराउँदै पाेखराले सुखद शुरुअात गरेकाे हाे । पाेखराले दिएकाे एक सय ९८ रनले लक्ष्य पछ्याउने क्रममा ८ विकेकेटका क्षतिमा मात्र एक सय ३९ रन बनाएपछि विराटनगर ५८ रनले पराजित भएकाे थियाे । पाेखराकाे जितमा विनाेदकाे अाक्रामक ४१ रन महत्वपूर्ण रह्याे । उनले मात्र ११ बल खेल्दै ५ छक्का र २ चाैकाकाे मदतमा अभिजित ४१ रन बनाएका थिए ।

विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०-३० रन बनाउनु बाहेक अन्यले सम्झन लाएक पारी खेलेनन् । विराटनगरलाई सस्ताेमा राेक्ने क्रममा पाेखराका ललित नारायण राजवंशी एक्लैले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले आसिफ शेख र ओभरसिज खेलाडी रविन्द्र सिँहको उत्कृष्ट साझेदारीको मदतले १ सय ९७ रन बनाएको थियो । उनीहरुबीच ९४ रनको साझेदारी बनेकाे थियो । पोखराका लागि प्रारम्भिक खेलाडी आशिफ शेखले अर्धसतक पुरा गर्दै ५२ रन बनाए भने कुशल भुर्तेलले ३६  रवि इन्दर सिँहले ४३ र अन्त्यमा आएका विनोद भण्डारीले  ४१ रन बनाएका थिए । विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले २ र सहाव अालमले १ विकेट लिएका थिए ।

खेलकाे म्यान अफ द म्याच विनाेद भण्डारी भएका छन् ।

             
प्रतियोगिताकाे दाेस्राे दिन शनिबार दुई खेल हुँदैछन् । पहिलाेमा चितवन राइनाेज र बुटवल ब्लास्टर्स  भिड्नेछन् । जसकाे नेतृत्व क्रमश पारस खड्का र साेमपाल कामीले गर्नेछन् । त्यस्तै  दाेस्राे खेल धनगढी ब्लुज र काठमाडाैँ राेयल्सबीच हुनेछ । धनगढीकाे कप्तानी दिपेन्द्र सिँह एेरीले सम्हाल्नेछन् भने काठमाडाैँ ज्ञानेन्द्र मल्लकाे कप्तानीका मैदानमा उत्रनेछ ।

खेलकाे प्रत्यक्ष प्रसारण हिमालय टिभीले गर्नेछ । खेल हिमालय टिभीकाे युटुव च्यानल मार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?