‘पाँच अनाथ बालबालिका बिचल्लीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘पाँच अनाथ बालबालिका  बिचल्लीमा

सारांश

  • बाजुरा, ४ असोज ।
  • बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौँ लगिएको छ ।
  • बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौँ लगेको हो ।

बाजुरा, ४ असोज । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौँ लगिएको छ । बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौँ लगेको हो ।‘पाँच अनाथ बालबालिका अभिभावकबिहीन भई बिचल्लीमा’ भन्ने समाचार राससलगायत अन्य विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनीहरुको परिस्थिति अध्ययन गरी काठमाडौँ लगिएको बालग्रामका जिल्ला प्रमुख पदम हमालले बताउनुभयो ।

बेसाहरा बालबालिकाको गाँसबास र कपासका लागि यसअघि समाजसेवी इशा गुरुङले बेलायतबाट विश्वरभरि सहयोगका लागि अभियान चलाउनुभएको थियो भने अर्का सामाजसेवी खुशी राईले नेपालमै उनीहरूकै सहयोगका लागि विभिन्न ठाउँमा पहल गर्दै आउनुभएको थियो ।यसैगरी पत्रकार महासङ्घका जिल्ला शाखा अध्यक्ष प्रकाश सिंहले आर्थिक सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरेर रकम सङ्कलन गर्नुभएको थियो ।तीन वर्षअघि रामबहादुरको क्यान्सरका कारण ४३ वर्षको उमेरमै मृत्यु भएको थियो । श्रीमानकोे मृत्यु भएको १० महिना नपुग्दै श्रीमती बिर्मा अर्कैसँग हिँडेपछि ती बालबालिका बिचल्लीमा परेका थिए । रामबहादुरका पाँच सन्तानमध्ये १३ वर्षीया पार्वती, ११ वर्षीया सोविना, नौ वर्षीया अस्मिता, सात वर्षीय सुवास र ४ वर्षीय रोशन अहिले बालग्राममा छन् ।

पीडित बालबालिकालाई रकम

संविधान दिवस २०७५ को अवसरमा ती पाँच बालबालिकाको पालनपोषणका लागि विभिन्न ठाउँबाट सहयोग स्वरुप सङ्कलन भएको रु पाँच लाख हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकेशरी हेर्नुहोस ५ हजार पुरस्कार जित्नुहोस !
सुनकेशरी हेर्नुहोस ५ हजार पुरस्कार जित्नुहोस !
असिनाले बाली नष्ट : किसान चिन्तित
असिनाले बाली नष्ट : किसान चिन्तित
नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित
नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित
यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?
यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा  ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्

तपाईंले छुटाउनुभयो कि?