महिला हिंसा विरुद्ध खुलेर आवाज उठाउन प्रहरीको आग्रह
सारांश
- काठमाडौं ।
- पछिल्लो समय दैनिक बालबबालिका असुरक्षित बन्दै गईरहेको र महिला हिंसा बढ्दै गए पछि नेपाल प्रहरीले पनि सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आईरहेका छन् ।
- महानगरीय प्रहरी प्रभाग, बलम्वुले पनि महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान सन्चालन गरेको छ ।
काठमाडौं । पछिल्लो समय दैनिक बालबबालिका असुरक्षित बन्दै गईरहेको र महिला हिंसा बढ्दै गए पछि नेपाल प्रहरीले पनि सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आईरहेका छन् । महानगरीय प्रहरी प्रभाग, बलम्वुले पनि महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान सन्चालन गरेको छ ।

महिला हिंसा बिरुद्ध खुलेर आवाज उठाउने प्रतिबद्धता स्वरूप शनिबार बलम्बु क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बलम्बु प्रहरी प्रभागका प्रमुख सर्मिला गुरुङले “छोरी मान्छे भए पछि ठिक ठाउँमा बस्नु पर्छ, बोल्दा, हिड्दा बिचार पुर्याउनु पर्छ है , भन्दै तपाई हाम्रो घर बाटै विभेद शूरु भएको भन्दै नारीको सम्मान घर बाटै शुरु गर्नु पर्ने बताईन् ।

एउटै परिवारमा छोरलाई समाजमा पुरुषबाट सतर्क हुन सिकाइन्छ तर छोरा लाई नारीको इज्जत गर्न सिकाइन्न, त्यसैले नारी अस्मिताको सम्मान गर्न तपाई हामी आफैबाट शुरु गर्न सिकाउनु पर्ने उनको भनाई थियो । हसना भास्तिपुर सहकारीसंगको सहकार्यमा आयोजित महिला हिंसा बिरुद्धको कार्यक्रम Be a man, Be a mard भन्ने नारा सहित रातो हस्तछाप संकलन गरि र्यालीको आयोजना समेत गरिएको थियो ।

पछिल्लो समय सडकमा महिलाहरू निश्चिन्त भएर हिंडिरहेका छन् भने सम्झनु, त्यो देश सभ्य र विकसित छ । तर विश्वभर प्रचलित यो भनाईमा नेपालका चेलीबेटी माथि आलोकमा नेपाली समाजलाई हेर्दा अत्यासलाग्दा दृश्य देखिन थालेका छन् ।
प्रतिक्रिया