लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३० पटक हेरिएको
Shares
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट

सारांश

  • लेखनाथवासीले साउन १ देखि खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् ।
  • पोखरा ३०, ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र ‘आइएमई पे’बीच वुधवार सहकार्यात्मक सहमति भएको हो।
  • सम्झौतासँगै सेवाग्राहीले लाइन बस्नु पर्ने झण्झटबाट मुक्ति पाउने सरोकारवाला दुवै पक्षले दावी गरे ।

लेखनाथवासीले साउन १ देखि खानेपानीको महसुल बापतको रकम अबदेखि ‘आइएमई पे’बाट भुक्तानी गर्न पाउने भएका छन् । पोखरा ३०, ढुंगेपाटनस्थित लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र ‘आइएमई पे’बीच वुधवार सहकार्यात्मक सहमति भएको हो। सम्झौतासँगै सेवाग्राहीले लाइन बस्नु पर्ने झण्झटबाट मुक्ति पाउने सरोकारवाला दुवै पक्षले दावी गरे ।

उपभोक्ताले लाइन नबसी सहज तरिकाले ‘आइएमई पे’मार्फत पानीको महसुल भुक्तानी गर्न पाउनेछन्। सहमतिमा ‘आइएमई पे’ तर्फबाट गण्डकी प्रदेश प्रमुख संगीत अधिकारी, आइएमईका साविक गण्डकी–धौलागिरि प्रमुख किशोर शर्मा र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट लेखा प्रशासन प्रमुख विश्वराम भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका १२ हजार उपभोक्ता छन्। यसले आमसेवाग्राहीलाई बिल भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ। करिब २० हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली
माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह
उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?