गुगल म्यापमा सगरमाथा नेपाल बाहिर

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३, २०७७
|
|
३६ पटक हेरिएको
Shares
गुगल म्यापमा सगरमाथा नेपाल बाहिर

सारांश

  • चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ ।
  • गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ ।
  • चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ ।

चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ । गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ । चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ ।

गुगलको नक्शामा माउन्ट एभरेष्ट खोजेर हेर्नुहोस्, यसको संकेत चीनतर्फ देखाउँछ । सगरमाथा नेपालको भुभागबाट हटेर चीनतर्फ देखिनुलाई गम्भीर रुपमा लिइएको छ । गुगल म्याप्स विश्वमै नक्शाको जानकारी पाउने र धेरैले खोज्ने माध्यम हो ।

यसअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनमा पर्छ भनी प्रचार गरेको थियो । ट्वीटर पेजमा यसलाई राखेपछि सर्वत्र आलोचना भएको हो । लगत्तै उक्त टेलिभिजनले ट्वीटर पेजबाट सच्याएर चीन(नेपाल सीमामा पर्छ भनी उल्लेख गरेको थियो । वास्तवमा सगरमाथा नेपालमा पर्छ । चीनले विस्तारै यसमा दाबी गर्ने योजना बनाएको संकेतहरु देखिनथालेको छ ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको अदभुत घेरा भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ ।

चीनले सगरमाथामा बाटो बनाउने देखि उचाई नाप्ने सम्मका गतिविधि अगाडि बढाएको छ । उसले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाउने मिसनलाई गति दिदै निर्माण सामाग्री समेत लगिरेहेको छ ।

चिनियाँ पत्रिका चाइना डेलीको अनलाइन संस्करणले बाटो निर्माण टोलीले काम गर्ने भन्दै तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । आइतबार ६५०० मिटर उचाईबाट बाटो निर्माण र सामान ढुवानीको टोली ७०२८ मिटरमा अवस्थित क्याम्पमा पुगेको उल्लेख छ ।

चीनले ३० अप्रिलबाट सगरमाथाको उचाई नाप्न नयाँ चरणको कामा शुरु गरेको थियो । उसले सगरमाथालाई चोमोलोङमा भन्ने गरेको छ । यसअघि सन् १९७५ मा नाप्दा सगरमाथाको उचाई ८८८४.१३ मिटर निस्किएको थियो । सन् २००५ मा नाप्दा ८८४४.४३ मिटर निस्कएको थियो । तर, विश्वले चीनको सगरमाथा नापेर निस्किएको नापलाई मान्यता दिएको छैन ।

यसैगरी चीनले सगरमाथामा फाइभ जी स्टेशन स्थापना गरेको छ । तिब्बतर्फ स्टेशन राखेपनि यसको प्रभाव सगरमाथाको चुचुरोसम्म रहने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काउन्टर सभाको तयारीमा ओली समूह
काउन्टर सभाको तयारीमा ओली समूह
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
कोरोनाबाट आज थप १० जनाको मृत्यु
कोरोनाबाट आज थप १० जनाको मृत्यु
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखको रिबन काटेरै समय बित्छ
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
दुई महिनामा १५ करोड घाटा ,नेपाल वायुसेवा निगम अध्यक्ष खरेलको जागिर चट् हुँदै !
दुई महिनामा १५ करोड घाटा ,नेपाल वायुसेवा निगम अध्यक्ष खरेलको जागिर चट् हुँदै !
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
करिब साढे १ प्रतिशत घट्यो नेप्से
करिब साढे १ प्रतिशत घट्यो नेप्से