हिमसागर बस्नेतको ‘गयौ दिलमा आगो झोसेर’ सार्वजनिक
सारांश
- रोशन पोखरेल विराटनगर माघ २६ ।
- भैरवकालिका म्यूजिक प्रा.
- लि.
रोशन पोखरेल
विराटनगर माघ २६ । भैरवकालिका म्यूजिक प्रा.लि.को प्रस्तुतिमा प्रकाश रानाको दोस्रो प्रस्तुति ‘गयौ दिलमा आगो झोसेर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक हिमसागर बस्नेत र गायिका पूर्णकला विसीको आवाजमा रहेको गीतमा मायाप्रेमका कसिला चोटका भावहरुलाई गीतमार्फत व्यक्त गरिएको छ । हिरामणि भण्डारीको शब्द र संगीत गीतमा रहेका छन् ।
आफूलाई माया गर्ने प्रेमीकाले आफूलाई छोेडेर पराईको हात समातेर हिँड्दा कस्को पो मन नरोला र ? मायालुलाई आफ्नै सम्झेर दिल दिदाँ समय र परिस्थितिले विछोडिदाको पिडालाई गीतमा व्यक्त गरिएको छ ।
भैरबकालिका म्यूजिक प्रा.लि.ले सार्वजनिक गरेको म्यूजिक भिडियोमा लोकेन्द्र शाही र रुपा कडेलको अभिनय रहेको छ । अहिलेका निकै व्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गीतको भिडियोमा निर्देशन गरेका हुन् ।
भिडियोलाई सुजन शाहीले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन् ।
प्रतिक्रिया