माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २१, २०७९
|
|
३६ पटक हेरिएको
Shares
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान

सारांश

  • काठमाडौं।
  • नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ इन्जिनियर सरोजकुमार नेपालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।
  • काठमाडौंको शंखमुलस्थित रेस्टुरेन्टको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो।

काठमाडौं। नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ इन्जिनियर सरोजकुमार नेपालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।

काठमाडौंको शंखमुलस्थित रेस्टुरेन्टको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो।

‘करिब पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएको छ’, प्रहरी स्रोतले भन्यो। तीन दिन देखि सोही बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको बस्ने गरेका नेपालले शनिबार दिउसो २ बजेतिर छतबाट हाम्फालेका थिए।

उनी गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए। उनी एक्लै कफी र चुरोट पिउने गरेका थिए। ‘अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेछ, शनिबार भने उनी हाम्फालेको देखियो’, प्रहरी स्रोतले भन्यो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि उनी टेबुलमाथि चढेको देखिएको बताए। उनका अनुसार खम्बरमा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । ‘के भएको हो अनुसन्धान भैरहेको छ’, एसएसपी कार्कीले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?