ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण

सारांश

  • गङ्गा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गङ्गाको पानी बिग्रिँदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि ।
  • गङ्गा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ ।
  • खासमा गङ्गाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो।

गङ्गा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गङ्गाको पानी बिग्रिँदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि । गङ्गा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ । खासमा गङ्गाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो। त्यसमा केही यस्ता भाइरस पाइन्छन् जसले पानीलाई कुहिन दिँदैनन् ।

करिब सवा सय वर्ष पहिलेको कुरा हो । सन् १८९० को दशकमा प्रसिद्ध ब्रिटिश वैज्ञानिक अर्नेष्ट ह्यान्किनले गङ्गा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए । त्यसबेला हैजाको महामारी फैलिएको थियो। मान्छेहरुले शव गङ्गा नदीमै फालिरहेका थिए ।

गङ्गा नदीमा नुहाउने मानिसहरू पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन । ह्यान्किन आश्चर्यमा थिए किनकि युरोपमा दूषित पानी खाँदा मान्छेहरू बिरामी भएको उनले देखेका थिए । तर गङ्गा नदीको पानीको प्रभाव देखेर उनी चकित थिए ।

गङ्गा नदीको पानीमाथिको ह्यान्किनको अनुसन्धानलाई २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले अगाडि बढाए । ती वैज्ञानिकले थप अनुसन्धान गरेपछि गङ्गाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर नष्ट गरिरहेको पत्ता लगाए । तिनै भाइरस गङ्गा नदीको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार थिए र त्यसैकारणले गङ्गा नदीमा नुहाउनेहरूमा हैजा फैलिरहेको थिएन ।

त्यसको अर्थ ब्याक्टेरियामाथि राज गर्ने यी भाइरसहरू मानिसका लागि निकै सहयोगी साबित हुन सक्छन् । ती भाइरसलाई आजकल निन्जा भाइरस भनेर चिनिन्छ अर्थात् ती भाइरस जसले ब्याक्टेरियालाई मारिदिन्छन् । आजभन्दा करिब १०० वर्ष पहिले चिकित्सा जगतमा एन्टिबायोटिकका कारण एउटा क्रान्ति भएको थियो ।

चोटपटक, घाउ वा कतिपय रोगका कारण मरिरहेका मानिसहरूका लागि एन्टिबायोटिक वरदान साबित भएको थियो । एन्टिबायोटिकको मद्दतले कैयौँ रोगमाथि नियन्त्रण गर्न सकियो । तर अहिले आएर कतिपय ब्याक्टेरियामाथि एन्टिबायोटिकले असर गर्न छाडिसकेको छ ।

विश्वमा सयौँ हजार मानिसले त्यस्ता ब्याक्टेरियाका कारण ज्यान गुमाउनुपरेको छ । सन् २०१४ को एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०५० सम्ममा एन्टिबायोटिकको असर यति कम भइसक्नेछ कि करिब एक करोड मानिस त्यस्ता ब्याक्टेरियाका कारण मृत्युको शिकार हुनेछन् ।

अहिले क्यान्सरका कारण त्यति सङ्ख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । यदि एन्टिबायोटिकको असर कम हुँदै गयो भने सामान्य चोटपटकबाट पनि मानिसहरूले ज्यान गुमाउन थाल्नेछन् जस्तो कि १८ औँ र १९ औँ शताब्दीमा हुने गर्दथ्यो । युद्धमा घाइते हुने धेरै मानिसको मृत्यु हुन थाल्नेछ ।

यस्तो अवस्थामा गङ्गा नदीमा पाइने भाइरसहरू काम लाग्न सक्छन्। त्यस्ता भाइरस प्रकृतिमा ठूलो सङ्ख्यामा पाइन्छन् । पृथ्वीमा जति मानव छन्, त्यति सङ्ख्यामा एक ग्राम माटोमा भाइरस पाइन्छन् । त्यसमध्ये कतिपय भाइरस यस्ता छन् जसले आक्रमण गरेर ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।

यस्ता भाइरसहरूको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरुले सबैखाले ब्याक्टेरियालाई चाहिँ निशाना बनाउँदैनन् । तिनीहरूले खास किसिमका ब्याक्टेरियामाथि मात्रै आक्रमण गर्छन् । यस्ता भाइरसहरू मान्छेलाई निकै उपयोगी साबित हुन सक्छन्। तिनीहरू एन्टिबायोटिकको विकल्प हुन सक्छन् ।

न्यूजिल्याण्डको म्यासी विश्वविद्यालयकी हिथर हेन्ड्रिक्शनले निन्जा भाइरसमाथि अनुसन्धान गरिरहेकी छन् । उनी भन्छिन्, एन्टिबायोटिकको प्रतिरोध गर्ने ब्याक्टेरियाको खतरा बढ्दै गएको छ। हामी एन्टिबायोटिक आउनुअघिको समयतर्फ फर्किँदैछौँ । हेन्ड्रिक्शन थप्छिन्, यदि यस्तो अवस्थाबाट हामी जोगिनुछ भने निन्जा भाइरसमाथिको कामलाई अगाडि बढाउनुपर्छ ।

आफ्ना विद्यार्थीहरूसँग मिलेर उनले ब्याक्टेरियालाई नष्ट पार्ने भाइरसहरूको सूची तयार पारिरहेकी छन् । यी भाइरस निकै साधारण हुन्छन् जो मात्र प्रोटिनबाट बनेका हुन्छन् । जब ती भाइरसहरूले ब्याक्टेरियामाथि आक्रमण गर्छन् तब तिनीहरुका डीएनए सखाप पारिदिन्छन् र आफ्नो संख्या बढाउन थाल्छन् ।

अन्ततः ब्याक्टेरियामा विस्फोट भएर तिनीहरुको अन्त्य हुन्छ। त्यस्ता भाइरसले ब्याक्टेरियाका खास नस्ललाई निशाना बनाउँछन् । जबकि एन्टिबायोटिक अणु बमजस्तै हो। त्यसले निशाना बनाउने ब्याक्टेरिया एन्टिबायोटिकबाटै मर्छन् । हाम्रो शरीरभित्र हुने केही राम्रा कीटाणु पनि एन्टिबायोटिकबाट मर्न पुग्छन् ।

तर निन्जा भाइरसले रोग फैलाउने ब्याक्टेरियालाई मात्रै नष्ट पार्नेछन् । उसो त पश्चिमा मुलुकमा त्यसमाथि भइरहेका अनुसन्धान नयाँ हुन् तर पूर्वी युरोपेली देशले लामो समयदेखि भाइरसको सहयोगले कतिपय रोगहरुको उपचार गर्दै आएका छन् ।

उनीहरुका अनुसन्धान अङ्ग्रेजीमा नछापिएकाले बाँकी दुनियाँलाई त्यसबारे थाहा हुनसकेको थिएन । हेन्ड्रिक्शन भन्छिन्, जर्जिया, रुस र पोल्याण्डमा वैज्ञानिकहरूले त्यस्ता भाइरसमाथि धेरै अनुसन्धान गरेका छन् जुन भाइरसले ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।

उनले पनि आफ्नो प्रयोगशालामा त्यस्ता भाइरसको सूची तयार पारिरहेकी छन्, जसले एन्टिबायोटिकको स्थान लिन सक्छन् । पछिल्लो समय कैयौँ देशमा यस्ता पट्टीहरू तयार गरिएका छन् जसमा निन्जा भाइरस हालिएका हुन्छन्। ती भाइरसले घाउ पुर्न सघाइरहे वा नरहेको हेरिँदैछ ।

हेन्ड्रिक्शनका अनुसार पहाड चढ्ने क्रममा घुँडामा चोट लागेको अल्फ्रेड गर्टलर नाम गरेका एक व्यक्तिको घाउ कुनै पनि एन्टिबायोटिकले निको भइरहेको थिएन । उनको खुट्टा नै काट्नुपर्ने एक मात्र विकल्प रहेको बताइँदै थियो ।

त्यसपछि परीक्षण गर्ने हिसाबले उनको घाउमा निन्जा भाइरसको प्रयोग गरियो र १० दिनपछि घाउ निको भयो । अर्थात् अब ब्याक्टेरियालाई भाइरसले नष्ट पार्नेछन्। रोग निम्त्याउने ब्याक्टेरियाका लागि भाइरस यमदूतको सेना तयार हुँदैछन् । बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
जेठ २७ गते मंगलबारको राशिफल यस्तो छ
जेठ २७ गते मंगलबारको राशिफल यस्तो छ
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु
सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?