मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
२३ पटक हेरिएको
Shares
मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी

सारांश

  • कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ ।
  • कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो ।
  • यद्यपि होटलहरुलाई अस्पतालले काममा खटिएको कुनै विवरण नै संलग्न नगरी डेढ करोड बढी रकम भुक्तानी गरेको पाइएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ । कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो । यद्यपि होटलहरुलाई अस्पतालले काममा खटिएको कुनै विवरण नै संलग्न नगरी डेढ करोड बढी रकम भुक्तानी गरेको पाइएको हो ।

महालेखा परीक्षाको कार्यालयले बुधबार सार्वजनिक गरेको आव ०७७–०७८ को प्रतिवेदन अनुसार अस्पतालले वीरेन्द्रनगरका १० वटा होटलहरुलाई १ करोड ६९ लाख १७ हजार रकम भुक्तानी गरेको छ । यद्यपि अस्पतालले यो सम्बन्धी कुनै मापदण्ड नै तयार पारेको छैन । प्रदेश आर्थिक कार्यविधि नियमावली २०७५ को नियम ३७ मा रकम खर्च गर्दा रीत पुगे नपुगेको जाँच गर्ने व्यवस्था छ । महालेखाले मापदण्ड बनाई प्रतिस्पर्धाको आधारमा खर्च गरेको विवरण पेस गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखले औषधी, उपकरणहरु खरिदमा मापदण्ड नै पुरा नगरेर सोझै खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद नियमावली ०६४ को नियम ८४ (१) मा २० लाखसम्मको औषधिजन्य मालसामान सिधै खरिद गर्न सक्ने र सो भन्दा बढी मूल्यको औषधीजन्य मालसामान सिलबन्दी दरभाउपत्र वा बोलपत्र आह्वान गरी खरिद गर्नुपर्ने उल्लेख छ । सोही अनुसार औषधीजन्य सामान एउटै प्याकेज बनाई सिलबन्दी दरभाउपत्र÷बोलपत्र मार्फत प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने हो । तर स्वास्थ्य सेवा कार्यालय दैलेखले सात वटा सप्लायर्सहरुबाट सोझै खरिद गरी उपकरणका लागि ८६ लाख ९७ हजार र औषधीका लागि ४२ लाख ८३ हजार गरी १ करोड २९ लाख रकम भुक्तानी गरेको छ ।
महालेखाले नियमावलीमा भएको व्यवस्था अनुरुप खरिद गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर
स्वस्थानी व्रत समापन
स्वस्थानी व्रत समापन
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
Sanaya Irani bleeds from nose on the sets, blames her director, watch video
Sanaya Irani bleeds from nose on the sets, blames her director, watch video
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने

तपाईंले छुटाउनुभयो कि?