पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

सारांश

  • पोखरा, ९ माघ , पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।
  • साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।
  • प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताउनुभयो ।

पोखरा, ९ माघ , पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।

साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताउनुभयो ।

सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै उहाँले हाल घट्दै गएको विप्रेषणलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउनको लागि काम भइरहेको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ सङलीले चिनियाँले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाले चिनियाँ भाषाको आधारभूत ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताउनुभयो ।

आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकलाई उनीहरुकै भाषामा सेवा दिई पर्यटकको संख्या बढाउन उहाँले सुझाव दिनुभयो ।

आर्थिकरुपमा तीव्रगतिले विकास गरिरहेको चीनले विश्वबजारमा आप्mनो हिस्सा बढाउँदै गएकाले चिनियाँ भाषाको महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताउनुभयो ।

कुल ८० घण्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले दुईजना व्यावसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंस नआएका लालीगुराँस
बैंस नआएका लालीगुराँस
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
Mostbet Review Sport & Casino India Bonus Up To 2,50
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला
नेकपा बैठकः को को आए
नेकपा बैठकः को को आए
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

तपाईंले छुटाउनुभयो कि?