हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
सारांश
- काठमाडौँ, २२ वैशाख ।
- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ ।
- एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पार्नुभयो ।
काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताउनुभएको छ ।
एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन । साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।”
प्रधानमन्त्री ओलीले पूँजीवादी क्रान्ति गर्ने कम्युनिष्टहरुको काम नभई पूँजीको विकास गर्दै समाजवादको बाटोमा लम्कनु माक्र्सवादको सही प्रयोग हो भन्दै माक्र्सवाद सामाजिक शोषणविरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ नहुने दाबी गर्नुभयो ।
Justin Biral
? TOPPERZ KA BOT Shikhar News ?
??? CHBOTTERZ?NEPALIKING,TK ???
Chola Kant
ab janta lai ullu banayar vot tanne Bela hoina .balla hos ma audai xau amale kko pravet company ko Malik ho yo fataha budo.prachanda ko sath less sudhridai xa ki.
Dev Waiba
basan matra kina k sima ma gayra bolnu paryo natra sarkar tikdaena sima ko baryma namilay sarkar dalny xa ani biplap lae sad diny xa nepli janta lay