उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो

सारांश

  • काठमाडौँ ।
  • यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
  • आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ । आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार
इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन

तपाईंले छुटाउनुभयो कि?