सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।
  • सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।’

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौँ नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

‘राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ’, राष्ट्रपति पौडेलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
फेवाताल छेउका घर, टहरा, होटल अब भत्कने ! कसको पर्ला
फेवाताल छेउका घर, टहरा, होटल अब भत्कने ! कसको पर्ला
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु
नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु
युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?