गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताउनुभएको छ ।
  • नयाँबानेश्वरमा मङ्गलवार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आमगनले समेत युवाहरूमा उत्साह थप्न नसकेको स्वीकार गर्नुभएको हो ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताउनुभएको छ ।
नयाँबानेश्वरमा मङ्गलवार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आमगनले समेत युवाहरूमा उत्साह थप्न नसकेको स्वीकार गर्नुभएको हो ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उहाँले आफूहरू जस्ता नयाँहरूको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताउनुभएको छ ।

यसमा आफू समेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । “म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ, हामीलाई माफ गर्नु होला”, सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेख्नुभएको छ ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्रीले उनको मृत्युमा आफू पनि दोषी रहेको बताउनुभएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले लेख्नुभएका छः
​​​​​​​एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ, हामीलाई माफ गर्नु होला। तपाईँको आत्माले चीर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?