यसरी कुटिए महिला वडा सदस्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यसरी कुटिए महिला वडा सदस्य

सारांश

  • रामेछाप, २९ जेठ ।
  • रामेछाप नगरपालिका वडा नं १ का स्थानीय  महिला प्रतिनिधिमाथि हातपात भएकाे छ ।
  • गैरिखाेप सामुदायिक वनभित्रकाे काठ फडानीकाे निहुँमा स्थानीय  इद्धबहादुर कार्कीले  वडा नं १ का वडा  सदस्य सृजना श्रेष्ठलार्इ  हात पात गरेका हुन ।

रामेछाप, २९ जेठ । रामेछाप नगरपालिका वडा नं १ का स्थानीय  महिला प्रतिनिधिमाथि हातपात भएकाे छ ।

गैरिखाेप सामुदायिक वनभित्रकाे काठ फडानीकाे निहुँमा स्थानीय  इद्धबहादुर कार्कीले  वडा नं १ का वडा  सदस्य सृजना श्रेष्ठलार्इ  हात पात गरेका हुन ।

स्थानीय वासिन्दा भानु श्रेष्ठले दिएकाे जानकारीअनुसार ठेटकुमार श्रेष्ठले बिगत २ महिना अगाडि वनभित्रकाे रूख फडानी गरेका थिए । साे वन उपभाेक्ता समितिले वन कार्यालयमा उजुर गरेपछि श्रेष्ठ फरार थिए  । तत्कालीन जिल्ला बन अधिकृत सहितकाे ४ जना टाेली  स्थानीयहरुसँग श्रेष्ठकाे घरमा जाँदा श्रेष्ठ घरमा नभेटेपछि टाेली फर्केकाे थियाे ।

हाल जिल्ला वन अधिकृत शम्भुप्रसाद तिवारीलार्इ वन मन्त्रालयकाे ठाडाे अादेशमा उक्त फार्इल उपभाेक्ता  समितिका सचिव पीताम्बर दाहाललार्इ बाेलार्इ  तिवारीले अाफै मिलाउन जिम्मेवारी दिएका थिए ।

मंगलबार  वन उपभाेक्ता समितिको बैठक  बस्ने क्रममा श्रेष्ठले फार्इल च्यात्न भनेपछि विवाद सृजना भएकाे थियाे । प्रत्यक्षदर्शी  सनबहादुर श्रेष्ठका अनुसार ठेटकुमार श्रेष्ठले वडा सदस्य सृजना श्रेष्ठकाे घरमै गएर  गाली बेइजति गर्दै हातपात गरेका थिए । हातपात गर्दा श्रेष्ठ सामान्य घार्इते भएकाे बताइएकाे छ ।दाेषिलार्इ कार्वाहि गरिपाउँ भन्दै सामुदायीक प्रहरी चाैकी साँघुटारमा श्रेष्ठले निवेदन दर्ता गराएकि छिन ।

तर करिब १ घण्टा टाढा पर्ने उक्त स्थानमा प्रहरी पुग्न नसकेकाे स्थानियकाे गुनासाे छ । दाेषि खुलेअाम हिडिरहेकाे स्थानियहरूकाे गुनासाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?