मिस एन्जल्स पोखरामा १५ युवती छानिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
५० पटक हेरिएको
Shares
मिस एन्जल्स पोखरामा १५ युवती छानिए

सारांश

  • पोखरा, १० पुस ।
  • ड्रिम्स फेशन हाउस पोखराको प्रस्तुतिमा हुन लागेको प्रथम मिस एञ्जल पोखरा लागि १५ जना छनौट गरिएको छ ।
  • युवतीको बौद्विक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा भएको मिस एन्जल पोखरामा २३ जनाको सहगागिता रहेको थियो ।

पोखरा, १० पुस । ड्रिम्स फेशन हाउस पोखराको प्रस्तुतिमा हुन लागेको प्रथम मिस एञ्जल पोखरा लागि १५ जना छनौट गरिएको छ । युवतीको बौद्विक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा भएको मिस एन्जल पोखरामा २३ जनाको सहगागिता रहेको थियो । पहिलो र दोस्रो चरण गरेर आईतबार १५ जना छनौट भएका हुन् ।

छनौटहरुमा पवित्रा थापा, निरु थापा मगर, सजना तिवारी, अल्पिना गुरुङ, मिना नेपाली, विनिसा ढकाल, रुवीया जोशी, प्रकृती श्रेष्ठ रहेका छन् । त्यस्तैगरी कृति श्रेष्ठ, तुलसी महोत्त, सविना क्षेत्री, विनाता गोदार, सिर्जना पौडेल र सुस्मीता तिवारी पनि मिस एन्जलको लागि छनौट भएको जुरी टिम संयोजक, कवि तथा लेखक प्रकाश अधिकारलिे जानकारी दिए ।

जुरी टिममा मिस नेपाल २०१७ फिनालिस्ट ज्ञानी बराल, गुरुङ फिल्मका नायक तथा निर्देशक गोमन घल, रुल नेपाल स्टुडियोका चियर पर्शन शोलोमन रोका तथा कोरियोग्राफर ओशिन राई रहेका थिए ।

युवतीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा प्रतियोगीता गरिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिईन् । छनौट भएकालाई पुस १२ गतेदेखि एक महिने विशेष तालिम दिईने तिवारीले बताईन् ।

मिस एन्जल पोखरा २०७४ का अध्यक्ष देवेन्द्र यसकेले प्रतियोगिताले युुवतीको लुकेको—दवेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने बताए । उनले मिस एन्जल पोखराको विजेताले मिस नेपालमा सहभागी हुन पाउने बताए । मिस एञ्जल्स पोखराको ग्राण्ड फिनाली आगामी माघ २० गते पोखरा सभागृहमा हुने भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरु प्राप्त गर्नेछन् ।

त्यसैगरी उपविजेता र विद्यागत विजेताहरुले नगदसहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरु पाउने जनाईएको छ । ईभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने गोबिन्द तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The value of Efficiency Management
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो  “मेरो ठुम्कामा”
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो “मेरो ठुम्कामा”
सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी
सानेपा मृत्यु प्रकरण स् मृतकका परिवारबाट प्रहरीमा जाहेरी
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति