धर्मगूरु रामबहादुर बम्जन महा ध्यानमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
५७ पटक हेरिएको
Shares
धर्मगूरु रामबहादुर बम्जन महा ध्यानमा

सारांश

  • काठमाडौं।
  • धर्म गुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेका छन्।
  • कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ।

काठमाडौं। धर्म गुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेका छन्। कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ।संघले बिहीवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ। उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले जनाएको छ।कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पूर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए।

उनले भने, ‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ। उहाँको सुरक्षाको निम्ति सम्पूर्ण धर्म अनुयायी, भक्त तथा सरकारसँग सुरक्षाको माग गर्दछौं।’पहिले पनि बम्जनले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मिक कार्य गर्दै आएको जनाउँदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तिको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाइ छ।जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?