अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ५, २०७८
|
|
२४ पटक हेरिएको
Shares
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन

सारांश

  • मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ ।
  • उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ ।
  • शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो ।

मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ । शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए ।

संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ । दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले पनि तत्परता देखाउन् भन्ने उद्देश्यले फिल्म प्रदर्शन गर्दै च्यारिटी सो गरिएको फिल्मका निर्देशक भिक्षु सेल्नाङ ग्याम्जोले बताए ।
च्यारिटी सोमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँसँग चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो ।

कात्तिक महिनामा मुगुको छायाँनाथ रारा नगरपालिका १ गमगढी बजारमा भएको आगलागीका कारण आफ्नो सम्पुर्ण जायजेथा गुमाएका पीडितहरु अहिले पालमुनी बस्न बाध्य छन् । आगलागीमा परी २० घर जलेर ध्वस्त भएपछि अहिले उनीहरु परिवार सहित पालको सहारामा पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?