मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड

सारांश

  • काठमाडौं ।
  • अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वर्ल्ड-२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् ।
  • विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाहरुले प्रवेश पाएका थिए ।

काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वर्ल्ड-२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् । विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाहरुले प्रवेश पाएका थिए । यिनै ३८ देशका महिलाबाट जुलियाले यो उपाधि जितेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् ।

यो प्रतियोगिताको सेमि फाईनलसम्म पुगेको नेपालको पोल्टामा ह्युमनिटेरियन अवार्ड परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले मिसेस वल्र्डमा ह्युमनिटेरियन अवार्ड जितेकी हुन् । मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।

‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठिलै सफलताको रुपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ ।’ पृथ्वीयाले राजधानीसँग भनिन् । उनी उपाधि सहित यसै साता नेपाल आउँदै छिन् ।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुको ठुलो सफलताको रुपमा लिएका छन्,‘मिसेस वल्र्डमा हामीले भाग लिएको यो दोश्रो पटक हो । दोश्रो पटकमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो ।’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?