सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’

सारांश

  • गायक आङ गेलु शेर्पाको नयाँ गीत ‘गोधुली साँझ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
  • यु्ट्युव च्यानल सङ्स नेपालबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो सिन्धुली, धुलिखेल, बनेपा र काठमाडौँमा छायांकन गरिएको हो ।
  • भिडियोमा सुरज राई, छिरिङ डोल्मा शेपा र गायक आङगेलुले अभिनय गरेका छन् ।

गायक आङ गेलु शेर्पाको नयाँ गीत ‘गोधुली साँझ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यु्ट्युव च्यानल सङ्स नेपालबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो सिन्धुली, धुलिखेल, बनेपा र काठमाडौँमा छायांकन गरिएको हो । भिडियोमा सुरज राई, छिरिङ डोल्मा शेपा र गायक आङगेलुले अभिनय गरेका छन् ।

समृद्धि पन्तको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सञ्चारकर्मी ल्हाक्पा शेर्पाले निर्देशन गरेका हुन् । भिडियोमा नविन के. श्रेष्ठ र महेश महराको छायांकन रहेको छ । ग्याल्बो ल्होसारको पूर्वसन्ध्यामा गीतको भिडियो सार्वजनिक गरिएको गायक शेर्पाले बताए । प्रत्येक ल्होसारमा एक–एक गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै जाने उनले जनाए । आफु विदेशमा रहे पनि नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर लागिरहने उनले प्रण समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?