फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३७ पटक हेरिएको
Shares
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन

सारांश

  • पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुर्सरफलाई सुनाएको फाँसीको सजायविरुद्ध पुनरावेदन गरिएको छ ।
  • मुर्सरफले फैसलालाई विवादास्पद र मूल्य मान्यता विपरित भन्दै शुक्रबार आफ्ना वकिलमार्फत् पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।
  • १७ डिसेम्बरमा मुर्सरफलाई फाँसीपछि तीन दिन डी चोक भनिने पाकिस्तानी संसद भवन बाहिर झुण्ड्याएर राख्ने फैसला सुनाइएको थियो ।

पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुर्सरफलाई सुनाएको फाँसीको सजायविरुद्ध पुनरावेदन गरिएको छ । मुर्सरफले फैसलालाई विवादास्पद र मूल्य मान्यता विपरित भन्दै शुक्रबार आफ्ना वकिलमार्फत् पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

१७ डिसेम्बरमा मुर्सरफलाई फाँसीपछि तीन दिन डी चोक भनिने पाकिस्तानी संसद भवन बाहिर झुण्ड्याएर राख्ने फैसला सुनाइएको थियो । उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

न्यायाधीश वकर सेठले लेखेको फैसलाले सँसारको ध्यान खिचेको थियो । मुर्सरफलाई फाँसी दिई उनको मृत्यु भएपछि घिसार्दै संसद भवन बाहिर लगी तीन दिनसम्म भुण्ड्याउने फैसलामा उल्लेख छ । फैसलापछि मुर्सरफल अस्तालबाट भिडियो सन्देशमार्फत् अदालतको सम्मान गर्ने तर फैसला पूर्वाग्रही र मूल्य मान्यता विपरित भएको बताएका थिए । उनले अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । उनी दुबईको अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

सन् २०१६ देखि भागेर निर्वासनमा रहेका मुर्सरफ संयुक्त अरब इमिरेट्समा छन् । सैनिक कू पछि पूर्व जनरल मुर्सरफले एक दशक पाकिस्तानमा शासन गरेका थिए । पाकिस्तानका सर्वोच्च अदालतका प्रधानन्यायाधीश इफ्टिकर चौधरीलाई हटाउन खोज्दा विवादमा परी शक्ति क्षीण हुँदै गएको थियो । त्यसपछि उनी भागेर युइए पुगेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान
टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान
चाँदी र तामाका सामानसहित पक्राउ
चाँदी र तामाका सामानसहित पक्राउ
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
जलरङमा नेपाली कला–संस्कृति समेटिने
जलरङमा नेपाली कला–संस्कृति समेटिने
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
भोट हाल्न वृद्धवृद्धाको लाइन, मतदानस्थल जेष्ठ नागरिकमैत्री छैनन्
सप्तरीमा नक्कली मतदाता पक्राउ
सप्तरीमा नक्कली मतदाता पक्राउ