लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
सारांश
- लायन्स क्लब अफ नेपाल सेभ हिमालय, बाल अपांग टेवा र नेपाल रेडक्रस कपनको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
- राजधानीको कपनस्थित बाल अपाङग टेवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
- पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगतको अभाव भोगिरहेका विरामीहरुलाई सहयोग पुर्याउन सकियोस् भनेर रक्तदन कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ सेभ हिमालयका महासचिव पेम्बा शेर्पाले जानकारी दिनु भयो ।
लायन्स क्लब अफ नेपाल सेभ हिमालय, बाल अपांग टेवा र नेपाल रेडक्रस कपनको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजधानीको कपनस्थित बाल अपाङग टेवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
पछिल्लो समय कोरोन भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगतको अभाव भोगिरहेका विरामीहरुलाई सहयोग पुर्याउन सकियोस् भनेर रक्तदन कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ सेभ हिमालयका महासचिव पेम्बा शेर्पाले जानकारी दिनु भयो । रगत नपाएर कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम संचालन गरेको पनि महासचिव शेर्पाले बताउनु भयो ।
करिब ५५ जना भन्दा बढीले रगत दान कार्यक्रममा सहभागी भएको बाल अपांग टेवाका संचालक देण्डी शेर्पाले जानकारी दिनु भयो । नेपालमा बिरामीहरु धेरैको संख्यामा रगतकै कमीले गर्दा ज्यान गुमाउन परेको र यसलाई कम गराउन समय समयमा यस्ता रक्तदान कार्यक्रमले विशेष सहयोग पुग्ने उहाँको भनाई छ ।
लाइन्स क्लब अफ सेभ हिमालयले समय समयमा रगत दान कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ भने बाल अपांग टेवाले विभिन्न शारीरिक रुपमा अस्वस्थ बालबालिकालाई शिक्षा र उपचारको लागि सहयोग गर्दै आई रहेको छ ।
प्रतिक्रिया