मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्

सारांश

  • शिखरन्युज १३ असार, मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्दै हुनुहुन्छ, छ भने एसएमएस गरेर मात्रै जानुस् ।
  • नत्र बाटोमा धेरै समय कुर्नुपर्ने पनि हुनसक्छ ।
  • वर्षातको समयमा पहिरो खस्दा सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ भन्ने पत्तै हुन्न ।

शिखरन्युज १३ असार, मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्दै हुनुहुन्छ, छ भने एसएमएस गरेर मात्रै जानुस् । नत्र बाटोमा धेरै समय कुर्नुपर्ने पनि हुनसक्छ । वर्षातको समयमा पहिरो खस्दा सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ भन्ने पत्तै हुन्न ।

अबदेखि भने केही राहत हुने भएको छ म्यासेज बक्समा गएर ‘एनएमटी’ टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ । एसएमएसबाट त्यहाँको सडकमा केही अवरोध छ छैन भन्ने जानकारी तुरुन्तै लिन सकिन्छ ।

यो समाचार तयार पार्दापार्दै गरिएको एसएमएसमा ‘नारायणगढ मुग्लिन सडक खण्डमा चारकिलोमा ठूलो पहिरो कसी बाटो अवरुद्ध भएको छ‘ भन्ने सन्देश आएको छ ।

घरबाट साइत गरेर हिँडेको मान्छे बाटोमा पुगेपछि मात्र बाटो बन्द भएको थाहा पाउने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यस्तो व्यवस्था गरेको हो ।

प्रहरीका अनुसार मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध गराउनेगरी यस्तो व्यवस्था गरिएको हो । घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुनेगरी प्रहरीले यो व्यवस्था ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?