‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’
सारांश
- रत्ननगर ।
- चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो ।
- गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो ।
रत्ननगर । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए । सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बने । घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको–३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउछन् । यो बीचमा दर्जनौ पटक पहिरो खस्यो । नियमितजसो ढुङ्गा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउछन् । यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर आठ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रुले पहिरो खस्ने त्रासमै दिन बिताए । त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौँबाट चितवन आउँदै थिए । ‘मुग्लिन कटेपछि आङ सिरिङग हुन्छ,’ भट्टराईले भने, – ‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ’ काठमाडाँैबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडक बस्नुप¥यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउछन् । घुमाउनेपछिको ठूलो दुर्घटना आजको हो । गएराति ८ बजेदेखि नै सडक गस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फकिँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो । दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रुबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउछन् । अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थलमै मृत्यु भएको र दुईवटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया