सकसमा ठूला दलहरू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सकसमा ठूला दलहरू

सारांश

  • काठमाडौं : पञ्चायती व्यवस्थाको प्रभाव क्षेत्र मानिने धनुषाको हंसपुर नगरपालिका ०४६ सालपछि कांग्रेसले आधारभूमि बनायो।
  • पञ्चायतकालमा धनुषा शेरको नामले चिनिएका हेमबहादुर मल्लको यो क्षेत्र प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेसका आनन्दप्रसाद ढुंगानाले कांग्रेसी झन्डा फहराए।
  • स्थानीय निकायमा साविकको बधचौरा गाविसमा काशीनाथ झालगायतले कांग्रेसको बिँडो थामे।

काठमाडौं : पञ्चायती व्यवस्थाको प्रभाव क्षेत्र मानिने धनुषाको हंसपुर नगरपालिका ०४६ सालपछि कांग्रेसले आधारभूमि बनायो। पञ्चायतकालमा धनुषा शेरको नामले चिनिएका हेमबहादुर मल्लको यो क्षेत्र प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेसका आनन्दप्रसाद ढुंगानाले कांग्रेसी झन्डा फहराए। स्थानीय निकायमा साविकको बधचौरा गाविसमा काशीनाथ झालगायतले कांग्रेसको बिँडो थामे। मधेस आन्दोलनको रापमा भएको स्थानीय तह निर्वाचनमा यहाँ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो झन्डा फहराउन सफल भयो।

पहिलो र दोस्रो मधेस आन्दोलनपछि भएको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित भए। यादव वर्तमान सरकारमा मन्त्री छन्। ०४६ पछिका सबै निर्वाचनमा कांग्रेसले बाजी मार्दै आएको जनकपुर उपमहानगरको छेउकै यो नगरपालिकामा मधेसवादी पार्टीको झन्डा फहरियो। मेयरमा रामज्ञान मण्डल निर्वाचित भएपछि सञ्चारमाध्यमलाई छोटो प्रतिक्रिया दिँदै उनले आफ्नो जितलाई मधेस मुद्दाको जितका रूपमा तुलना गरे। जनकपुरस्थित रारा बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक नवीन मि श्रले प्रारम्भिक चुनावी परिणाममा टिप्पणी गर्दै भने, ‘२ नम्बर प्रदेशमा मुख्यगरी कांग्रेस, राजपा र एमालेबीच प्रतिस्पर्धा देखियो।’

बुधबार बेलुकीसम्मको परिणामअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र चौथौ, पाँचौंमा राजपा र फोरम नेपाल आएका छन्। भदौ दोस्रो साता मात्रै स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गरेको राजपाले आफूहरूले मधेस आन्दोलनको अगुवाइ गरेकाले २ नम्बर प्रदेशमा पहिलो हुने दाबी गरेको थियो।कांग्रेसले २ नम्बर प्रदेशमा सय सिट जित्ने लक्ष्य सार्वजनिक गरेको थियो। एमाले र माओवादी केन्द्रले पनि २ नम्बर प्रदेशमा पहिलो पार्टी हुने आकलन सार्वजनिक गरेका थिए।

हालसम्मको मतपरिणामलाई हेर्ने हो भने दुई नम्बर प्रदेशमा पहिलो पार्टी कांग्रेस नै हुने देखिन्छ भने दोस्रो हैसियतका लागि राजपा र एमालेबीच प्रतिस्पर्धा देखिएको छ। तेस्रो र चौथोमा माओवादी र फोरम नेपाल आउने देखिन्छ। जनकपुरका राजनीतिशास्त्री मि श्र भन्छन्, ‘मधेस आन्दोलनको राजपा सेन्टिमेन्टले कांग्रेस र एमाले सकसमा परे।’ मिश्रले हालसम्मको मतपरिणामबारे अन्नपूर्णसँग टिप्पणी गर्दै भने, एकातिर आन्दोलनको मधेसी मनोविज्ञान छ भने अर्कोतिर संगठनले चुस्तदुरुस्त कांग्रेस-एमाले।’

बुधबार बेलुकीसम्मको परिणाममा दुई नम्बर प्रदेशको मुख्य नगरमा राजपा, कांग्रेस र एमाले कडा प्रतिस्पर्धामा छन्। जनकपुर उपमहानगरमा राजपाले फराकिलो मतले तथा वीरगन्ज महानगरमा झिनो मतले कांग्रेसभन्दा अघि छ। कलैया उपमहानगरमा फोरम नेपाल र एमालेबीचमा प्रतिस्पर्धा छ। सिमरा जितपुर उमहानगरमा एमाले अगाडि छ। मधेसका प्रायः सबै नगरमा राजपा, कांग्रेस, एमालेबीच प्रतिस्पर्धा देखिएको छ। गाउँपालिकामा फोरम नेपाल र माओवादीबीच प्रतिस्पर्धा भइरहेको छ।

यही परिणाम आउँछ भन्ने पक्षमा छैनन् विश्लेषकहरू। वीरगन्जका अधिवक्ता वीरेन्द्र यादव भन्छन्, ‘मधेसी आन्दोलनको मनोविज्ञानले चुनावी नतिजालाई प्रभाव पारेको देखियो।’ जनकपुरका प्राध्यापक मि श्र भन्छन्, ‘गाउँभन्दा नगरका मतदातामा मधेसी मनोविज्ञानले काम गरेको देखियो। गाउँमा संगठनको हिसाबले मत आएको छ।’ मधेसी पार्टीहरूको कोर क्षेत्रका रूपमा परिचित लहान, गौरसहित कैयौं ठाउँमा एमालेले जितको दावेदारी प्रस्तुत गरिरहेको छ। एमालेले लहानको मेयरमा बुधबार बेलुकीसम्म लिड गरिरहेको छ भने गौरमा राजपासँग झिनो मतान्तरले पछाडि देखिएको छ।

विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइनमा एमालेले जितको दावेदारी दिएको छ। नगराइन-१ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको छ भने निधि मतदाता रहेको २ नम्बर वडामा समेत बुधबार बेलुकीसम्म अगाडि छ। नगराइनको उपमेयरमा एमालेले लिड गरिरहेको छ भने बुधबार बेलुकीसम्म मेयरमा कांग्रेससँग ६ मतले पछि छ। नगराइनको छेउमै रहेको मुखियापटी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ। त्यहाँ एमालेलाई कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेकाले पछ्याइएका छन्।

‘यो निर्वाचनमा मनी, मसल र जातीय समीकरण हाबी भएको छ’, प्राध्यापक मि श्र भन्छन्, ‘यसले स्वस्थ राजनीतिक संस्कारलाई संस्थागत गर्दैन। भ्रष्टाचारलाई बढावा दिने खतरा छ।’ वीरगन्जका अधिवक्ता यादव पनि जातीय र सामुदायिक समीकरणका साथै पैसाको प्रभाव नतिजामा देखिएको दाबी गर्छन्। मधेसी मतदातामा राजनीतिक चेतना बढेको दाबी गर्ने यादव कतिपय ठाउँको प्रारम्भिक मतपरिणाम आश्चर्यजनक भएको बताउँछन्।

जनकपुरमा राजपाले जित्ने संकेत सुरुदेखि गरिएको थियो भने वीरगन्जमा कांग्रेस र फोरम नेपालबीच प्रतिस्पर्धा हुने आकलन थियो। वीरगन्जमा राजपाले विमल श्रीवास्तवलाई उम्मेदवार नबनाएपछि राजपालाई गाह्रो पर्ने बुझाइ स्थानीयको थियो। तर, बुधबार बेलुकीसम्मको परिणाममा राजपाले अग्रता लिएपछि विश्लेषकहरूले वीरगन्जको पहाडी मत उसले हत्याएको आकलन गर्न थालेका छन्। वीरगन्जमा १७ हजारभन्दा बढी पहाडी समुदायको मत छ। राजपाका मेयर उम्मेदवार राजेशमान सिंह पहाडी समुदायकै हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!
काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
विदेशी ज्वाइँलाई १५ र बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव
विदेशी ज्वाइँलाई १५ र बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सप्तरीमा एक नकली मतदाता पक्राउ
सप्तरीमा एक नकली मतदाता पक्राउ
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने कांग्रेसको निर्णय