मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
सारांश
- सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा मतगणना साँझ ५ बजेदेखि शुरु भएको छ।
- मनाङमा ५ हजार ८ सय ८० मतदाता भएको संवाददाताले जनाएका छन् ।
- त्यहाँ १ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि २ जना मात्र उम्मेदवार छन्।
सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा मतगणना साँझ ५ बजेदेखि शुरु भएको छ। मनाङमा ५ हजार ८ सय ८० मतदाता भएको संवाददाताले जनाएका छन् । त्यहाँ १ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि २ जना मात्र उम्मेदवार छन्।
सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा राति ११ बजेसम्म प्रतिनिधि सभा सदस्यको मतपरिणाम आइसक्ने मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए।
‘प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ स्थानमा मतगणना हुनेछ। सम्भवतः राति ११ बजेभित्र नतिजा आइसक्नेछ।’
मनाङमा नेपाली कांग्रेसबाट टेक बहादुर गुरुङ र नेकपा एमालेबाट पोल्देन गुरुङ प्रतिनिधि सभा सदस्य बन्नका लागि प्रतिस्पर्धामा छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया