कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
४५ पटक हेरिएको
Shares
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

सारांश

  • कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।
  • आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिएका हुन् ।
  • “नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं”, उनले भने, “यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिएका हुन् ।

“नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं”, उनले भने, “यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ ।” उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो ।

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए । नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो । “प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र जफत गछौँ,” उनले भने, “त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ ।”

प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ । जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन् । सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो । प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए ।“अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ”, उनले भने । लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

What $325 Purchases You In Legit -mail Order Wedding brides on bridesingles. com
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत
बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
जनप्रतिनिधिलाई तलब सुविधा दिने विधेयक पेस
जनप्रतिनिधिलाई तलब सुविधा दिने विधेयक पेस
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)