साँगामा स्थानीय र प्रहरीबीच झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
साँगामा स्थानीय र प्रहरीबीच झडप

सारांश

  • बनेपा, १५ असाेज।
  •  अरनिको राजमार्गमा तनाव सिर्जना भएको छ ।
  • बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको हो ।

बनेपा, १५ असाेज। अरनिको राजमार्गमा तनाव सिर्जना भएको छ । बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको हो । नगरपालिकाले अनाधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गरेका छन् । राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको छ । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गर्दै आन्दोलनमा उत्रीएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?