फ्रान्सेली बेपत्ता
सारांश
- रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएकी छन् ।
- जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.
- ४५ बजे खुट्टा धुन खोलामा गएकी राहदानी नं ज्ञज्ञऋएण्ण्ठठड की ७१ बर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगाईं बेपत्ता बनाएको हो ।
रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएकी छन् । जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.४५ बजे खुट्टा धुन खोलामा गएकी राहदानी नं ज्ञज्ञऋएण्ण्ठठड की ७१ बर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगाईं बेपत्ता बनाएको हो ।
रसुवा जिल्ला गोसाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा घटना भएको थाहा पाउनासाथ खोज उद्धारका लागि सीमाक्षेत्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
ठाडो खोलामा पानीको बहाव तीव्र भएको र घटनास्थल भोटेकोशी नजिक गहिरो खोँच भौगोलिक विकटताजस्ता समस्या भए पनि सुरक्षाकर्मी तदारूकता साथ खोँज र उद्वारमा लागेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो । ती महिला काठमाडाँैस्थित सत्यम टुर एण्ड ट्राभलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया