शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

सारांश

  • असार २७, २०७४ आन्तरिक राजस्व विभागका निलम्बीत महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।
  • गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्तको माग गर्दै रिट दायर गर्नुभएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।
  • रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन तथा संविधान विपरित थुनामा राखेको भन्दै थुना मुक्त आदेशको माग गरिएको छ ।

असार २७, २०७४ आन्तरिक राजस्व विभागका निलम्बीत महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्तको माग गर्दै रिट दायर गर्नुभएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन तथा संविधान विपरित थुनामा राखेको भन्दै थुना मुक्त आदेशको माग गरिएको छ । शर्मासंग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फर्छ्यौट आयोगले गरेका काम कारवाही प्रति अनुसन्धान गर्ने अधिकार नभएको रिटमा उल्लेख छ । यसअघि,अख्तियारले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा शर्मासंग  हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको  थियो ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ । अर्बौ रकम करछलि गरेको भन्दै शर्मालाई अख्तियारले गत जेठ १९ गते नियन्त्रणमा लिई थुनामा राख्न विशेष अदालतमा पेश गरेको थियो ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न भन्दै शर्मालाई ३ पटक म्याद थप गरिसकेको छ । कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई समेत कर छली गरेको आरोपमा ३ अर्ब धरौटी माग गरिएपनि उनीहरु भने फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
मुख्यमन्त्री अधिकारी भन्छन् : प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र हाे
मुख्यमन्त्री अधिकारी भन्छन् : प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र हाे
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
एक महिने स्वस्थानी ब्रत आजदेखि समापन हुँदै, शालीनदीमा ब्रतालुको भीड
विद्युत् चोरी गर्ने आठजना पक्राउ
विद्युत् चोरी गर्ने आठजना पक्राउ
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

तपाईंले छुटाउनुभयो कि?